मेगा बैंक सहित तीन कम्पनीको बोनस सूचीकृत

0
Shares

मेगा बैंक नेपाल लिमिटेड सहित तीन कम्पनीको बोनस सेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मेगा बैंक नेपाल लिमिटेड (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड), रुरु जल विद्युत् परियोजना लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार मेगा बैंकको ६४ लाख ४८ हजार १८४ दशमलव ५८ कित्ता बोनस, रु रु जलविद्युत परियोजनाको ४ लाख ४८ हजार ४७६ दशमलव शून्य ५ कित्ता बोनस र गुराँस लाइफको १५ लाख ५१ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बुधबार सूचीकृत भएको उक्त बोनस सेयर बुकक्लोज मितिसम्म कायम सेयरधनीको हितग्राही खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

मेगा बैंकले पुस ७ गते चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरेको थियो । कम्पनीले मंसिर २३ गते शुक्रबार गते बुधबार बुकक्लोज गरेको थियो ।

यस्तै रु रु जलविद्युत परियोजनाले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पारित भएको थियो । कम्पनीले असोज २७ गते बिहीबार बुकक्लोज गरेको थियो ।

गुराँस लाइफले कात्तिक ४ गते चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरेको थियो । कम्पनीले असोज २६ गते बुधबार बुकक्लोज गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।