सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

0
Shares

सुनको मूल्य आइतबार सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । आज चाँदीको भाउ भने स्थीर रहेको छ ।

नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन शुक्रबार १ लाख ४ हजार ७०० रुपैयाँ थियो । शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थीर रहँदै आइतबार पनि १ हजार ३७५ रुपैयाँमा नै कारोबार भएको महासङ्घले जनाएको छ । शुक्रबार भने सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९२६ तथा चाँदी २३. ३९ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।