श्री इन्भेष्टमेन्ट फाइनान्सले पस्कियो लगानीकर्ता निराश बनाउने वित्तीय विवरण

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले लगानीकर्तालाई निराश बनाएको छ । समीक्षा अवधमिा फाइनान्सको खुद नाफा ५५.१२ प्रतिशत घटेको हो ।

पुससम्म कम्पनीले २ करोड ७ लाख ३७ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमासको कम्पनीले ४ करोड ६२ लाख ३ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

कम्पनीको खराब कर्जासँगै बढेको इम्पेरमेन्ट चार्जले खुद नाफामा असर पारेको हो । कम्पनीको खराब कर्जा अनुपात ०.८५ प्रतिशतबाट बढेर १.३६ प्रतिशतमा उक्लिएको छ । जसले गत आवका यसै अवधिमा ८४ लाख रूपैयाँ रहेको इम्पेरमेन्ट चार्ज ह्वात्तै बढेर ३ करोड १७ लाख रूपैयाँभन्दा धेरै पुगेको छ ।

इम्पेरमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा २ करोड ९६ लाख २५ हजार रूपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा ६ करोड ६० लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३१ लाख ६२ हजार रूपैया मात्र छ । चालु आवको ६ महीनामा फाइनान्सले ६ अर्ब ५५ करोड ३६ लाख रूपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १६ करोड १३ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवबाट २.४० प्रतिशत बोनस वितरणपछि फाइनान्सको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रूपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ९५.७६ प्रतिशत घटेर दोस्रो त्रैमाससम्म ३१ लाख ६२ हजार रूपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोष २ प्रतिशत बढेर ३० करोड ६३ लाख रूपैयाँ छ ।

प्रति सेयर आम्दानी ४ रूपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १३१ रूपैयाँ ५३ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८९७ रुपैयाँ २८ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको निक्षेप संकलन लागत १०.८७ प्रतिशत, अधारदर १३.०१ प्रतिशत, स्पेडदर ३.५३, कर्जा निक्षेप अनुपात ८३.५० प्रतिशत र पुँजीकोष अनुपात १९.२८ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।