राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका डा. मीनबहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डा.श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन। ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका श्रेष्ठ म्याग्दीका स्थायी बासिन्दा हुन् । उनी यसअघि पनि दाहाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया