कामना सेवा विकास बैंकको नाफा घट्यो

0
Shares

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा बैकको खुद नाफा २२ करोड ८१ लाख थियो ।

चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब १२ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २० अर्ब २७ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरि १७ अर्ब ९० करोड ४ लाख कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३० पैसा, प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ०४ पैसा, निष्कृय कर्जा अनुपात १.०७ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.६५ गुणा छ।