तीव्र उतार–चढावकाबीच हरियो भएर बन्द भयो सेयर बजार

0
Shares

सेयर बजार साताको दोस्रो दिन सोमबार तीव्र उतार–चढावकाबीच हरियो भएर मंगलबारको बजार बन्द भएको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार बढेपछि लगानीकर्तामा आशाको सञ्चार बढेको छ ।

मंगलबार ८.१५ अंकले बढेर २१७३.२५ बिन्दुमा पुगेको हो । यसदिन २४८ कम्पनीका ८३ लाख १८७ कित्ता सेयर ५२ हजार ४६० वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य ४४४.६० रुपैयाँ पुगेको छ । यस्तै सूर्योदय वोमी लघुवित्त ९.७७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.०२, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ६.६१ र मल्टिपपर्स फाइनान्स कम्पनीको ६.४२ प्रतिशतले सेयरमूल्य बढेको छ । शीर्ष सेयरमूल्य बढ्ने दश कम्पनीमा आदर्श लघुवित्त, उपकार लघुवित्त, पोखरा फाइनान्स, नेपाल फाइनान्स र समृद्धि फाइनान्स समेटिएका छन् ।

उता आजको बजारमा मैलुङ्गखोला जलविद्युत आयोजनाको सेयरमूल्य ५.४८ प्रतिशतले घटेको छ । कम्पनीको सेयरमूल्य ५०९ रुपैयाँमा झरेको छ । यस्तै एनएमबि हाइब्रिड फन्ड एल–१ को इकाईमूल्य ५.२४, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ट–२ को इकाईमूल्य ४.३७, सिटिजन्स म्युचुअल फन्ड–२ को इकाईमूल्य ४.१७ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.८९ प्रतिशतले घटेको छ ।

तीन अर्बको कारोबार भएको मंगलबार नेपाल टेलिकमको सर्वाधिक १२ करोड ९१ लाख ७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै शिवश्री हाइड्रोपावरको १० करोड ४१ लाख ३३ हजार, अपि पावरको ९ करोड ३० लाख, अपर तामाकोशीको ९ करोड १६ लाख र एनआईसी एशिया बैंकको ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजार बढेसँगै मंगलबार कुल बजार पुँजीकरण ३१ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।