सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

0
Shares

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले दुबै कम्पनीका आधारभुत बाहेक अन्य सेयरधनीको सेयर बुधबारदेखि लागू हुनेगरी फुकुवा गरेको हो ।

एक आपसमा मर्जर सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कारोबार धितोपत्रको दोस्रो बजारमा रोक्का रहेको थियो । नेप्सेले दुबै निर्जिवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेसँगै मंगलबारदेखि नै सम्बन्धीत कम्पनीका साधारण लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न पाउनेछन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच २०७९ असार ३० गते बिहीबार एक कार्यक्रमका बीच दुई कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए । सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले मर्जरका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

दुई इन्स्योरेन्सको सेयर स्वाप रेसियो १००ः८० को अनुपातमा रहने सहमति भएको छ । मर्जरपछि कम्पनीको सीइओमा हाल सगरमाथाका सीइओ चंकी क्षेत्री नै र कम्पनीको अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहर दास मुल रहने सम्झौता छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।