नेप्सेमा झिनो गिरावट, यी हुन उच्च कारोबार हुने ५ कम्पनी

0
Shares

सेयर कारोबार मापक नेप्से परिसूचक विहीबार झिनो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक शून्य दशमलव ४१ अंकले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ७ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये कूल एक सय एक कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय सात कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

आजको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३८ मा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७० लाख ९५ हजार सात सय छ बराबरको कारोबार भएको छ ।

यस्तै, रिडी पावर कम्पनी आठ करोड ६१ लाख ६४ हजार सात सय ६९, आँखु खोला जलविद्युत् कम्पनी सात करोड ३८ लाख ६८ हजार आठ सय ९४,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६ करोड ६७ लाख ६७ हजार नौ सय ३४ र अपि पावर कम्पनी ६ करोड ४१ लाख आठ हजार आठ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, आर्दश लघुवित्त, बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सूर्योज्योति लाइफ इन्स्योरेन्स नौ दशमलव ९८ र साञ्जेन जलविद्युत् कम्पनीको लगानीकर्ताले आठ दशमलब २३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स सात दशमलब ६८, सप्तकोसी डेभलपमेन्ट बैंक चार दशमलब ५०, ग्रीन भेञ्चर्स चार दशमलब ५०, सर्पोट माइक्रोफाइनान्स तीन दशमलब ७३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।