के.एल. दुगडको स्वस्तिक आयललाई भन्सार कार्यालयद्वारा सम्मान

0
Shares

के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.लाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ ।

आ.व. २०७८–७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा स–सम्मान प्रशंसा पत्र प्रदान गरिएको थियो।

साथै भन्सार कार्यालयले बिगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको कुरा सम्मान पत्रमा उल्लेख गरेको छ ।

स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो र बिगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।