गोयङ्का ग्रुपको लगानी रहेको घराना फुड्सको वार्षिक कारोबार साढे १ अर्ब

0
Shares

व्यापारिक घराना गोयङ्का ग्रुपको लगानी रहेको घराना फुड्सले सन् २०२२ मा १ अर्ब ४० करोड ४० लाख बराबरको कारोबार गरेको छ ।

सन् २०२१ को तुलनामा कम्पनीको सञ्चालन आम्दानी १५ प्रतिशतले बढेको हो । सो वर्षमा कम्पनीले १ अर्ब २१ करोड ६० लाख बराबरको आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य सूचांकमा पनि वृद्धि आएको छ। डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा सञ्चालन आम्दानीको ६ प्रतिशत रहेको छ भने यस अघि सो नाफा ५ प्रतिशत थियो ।

सन् २००८ मा स्थापना भएको घराना फुड्स प्रालिले मैदा, चक्की आटा, सेमोलिना, चनाको पीठो, ब्रान लगायतका विभिन्न खाद्य सामाग्री “घराना” ब्रान्डनामबाट बिक्री गर्दै आएको छ । गोयङ्का ग्रपकै लगानी रहेको यस कम्पनीमा विनय कुमार गोयङ्काको ६० प्रतिशत लगानी रहेको छ । यस्तै गोयङ्का ग्रुपकै श्रीचन्द गोयङ्काको २० प्रतिशत र गोविन्द प्रसाद गोयङ्काको २० प्रतिशत लगानी रहेको छ ।

नेपाली भान्सामा दैनिक प्रयोगमा आउने सामाग्रीहरुको उत्पादन कम्पनीेले गर्दै आएको छ । जसकारण कम्पनीको नाफामा निरन्तरमा छ । कम्पनीको वार्षिक कम्पाउन्ड वृद्धि दर १३ प्रतिशत रहेको छ । यसका साथै अनुभवी प्रमोटर हुँदा कम्पनीलाई वित्तीय सहयोग पनि मिलिरहेको छ । 

तथापि कम्पनीले ५० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ । भारतले सन् २०२२को केही महिना गहुँ निर्यातमा प्रतिबन्ध लगाएका कारण पनि कम्पनीको नाफा अपेक्षित हुन सकेको छैन । 

यस्तै कम्पनीले ५० प्रतिशत कच्चा पदार्थ स्थानीय किसानहरुबाट नै खरिद गर्ने गरेको छ । जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा उत्पादनमा आएको कमीका कारण पनि कम्पनीको उत्पादन प्रभावित हुन पुगेको छ ।

७ करोड ५५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ दिएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।