एनएलजी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी करिब ३३ रुपैयाँ

0
Shares

एनएलजी इन्स्योरेन्स ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिक ३२ रुपैयाँ ८५ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ। कम्पनीको नाफा बढेसँगै इपिएस पनि बढेको हो। उसको मूल्य आम्दानी अनुपात १७.९९ गुणा छ।

असोज मसान्तसम्ममा कम्पनीले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ७ लाख ७३ हजार रुपैयाँले बढाएको हो।

इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड ४ लाख र जगेडा कोषमा २२ करोड ४६ लाख, महाविपत्ती कोषमा ६ करोड ३० लाख तथा बीमा कोषमा ८१ करोड ८५ लाख रुपैयाँ संचित छ। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७५ पैसा छ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क गत आवको यसै अवधिको तुलनामा १ करोड ९ लाख रुपैयाँले घटेर २० करोड ८० लाख रहेको छ। ऋसोज मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत ६ करोड ९१ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ।
कुल ४५ हजार ७२२ बीमा लेख जारी गरेको कम्पनीले ४४ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा एक हजार ६४४ दाबी वापत ३३ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९६ दाबी बापत ८२ करोड ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।