आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो, कसले भर्न पाउँछ ?

0
Shares

आत्मनिर्भर लघुवित्तले आज ( माघ १६ गते) देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २० हजार ३३८ कित्ता सेयर जारी गरेको हो । सर्वसाधारणमा जारी सेयरको १० प्रतिशत सेयर पहिलो चरणमा निष्कासन गरिएको हो ।

कम्पनीले दोेस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जनाएको छ । १ लाख ६९ हजार ७५५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्नेछ ।

कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत बराबरले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ६९ हजार ७५५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै सर्वसाधारणले फागुन ११ देखि फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणाली तथा मेरो सेयरको मोबाइल एप र वेवसाइट मार्फत पनि आईपीओ भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा र
प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा कायम रहेको छ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।