युनियन लाइफको सेयर मूल्य समायोजन

0
Shares

युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । बुकक्लोज गरेसँगै नेप्सेले इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेले माघ १५ गते कारोबार भएको अन्तिम मूल्य ५२१ रुपैयाँलाई आधार मानेर ८.९७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। बोनस समायोजनपछि कम्पनीको सेयरको भाउ प्रतिकित्ता ४७८ रुपैयाँ ११ पैसा कायम भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले आज माघ १६ गते सोमबार बुकक्लोज गरेको हो ।

इन्स्योरेन्सले बैशाख २९ गते गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्ज हुने सम्झौता गरेसँगै इन्स्योरेन्स कम्पनीको हालसम्म सेयर कारोबार भने रोक्का रहेको छ ।

लभांश पारित गर्न तथा मजएर प्रस्ताव अनुमोदन गर्नका लागि इन्स्योरेन्सले माघ २६ गते बिहीबार, टाइगर प्यालेस, भैरहवामा बिहान साढे १० बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।