मुक्तिनाथ कृषि कम्पनीले सन् २०२२ मा गर्यो १९ करोडको कारोबार

0
Shares

मुक्तिनाथ विकास बैंकको लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी माइन्स रेटिङ गरेको छ ।

सन् २०१८ मा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा प्रयोग हुने सामाग्रीहरुको ट्रेडिङ, रिसर्च एन्ड डेभलपमेन्ट लगायतका काम गर्दै आएको छ ।

सन् २०२२ मा कम्पनीले १९ करोड २० लाख बराबरको कारोबार गरेको छ । उक्त कारोबार सन् २०२१ को तुलनामा ९५ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२२ मा ९० प्रतिशत कारोबार रिटेल ट्रेडिङबाट गरेको छ ।

कम्पनी स्थापनाको सुरुवाती चरणमा रहेका कारण दीर्घकालीन आम्दानी कस्तो रहने र कम्पनीको नाफा कतिले बढ्ने यकीन गर्न सकिँदैन । साथै कृषि सम्बन्धी उपकरण तथा कृषि सामाग्रीहरु मौसमी रुपमा मात्रै बिक्री हुनाले पनि कम्पनीको वित्तीय छवि भविष्यमा कस्तो रहन्छ भन्ने पुष्टि गर्न सकिँदैन ।

तथापि मुक्तिनाथ विकास बैंकको शाखाहरु विस्तार हुँदै गर्दा विभिन्न जिल्लाहरुमा मुक्तिनाथ कृषि कम्पनीलाई पनि फाइदा हुने देखिन्छ।

नेपाल कृषि प्रदान देश रहको छ र कम्पनीले बिक्री गर्ने सामाग्रीहरुको सूचीमा कृषि सम्बन्धी विभिन्न सामाग्रीहरु रहेका छन् । कम्पनीले कृषि प्रयोग हुने उपकरण, बीउ बिजन, रासायनिक मलको बिक्री गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।