शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्थाको सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

दुबै कम्पनीले भोलि माघ १७ गते मंगलबार साधारण सभा प्रयोजनको लागि बुकक्लोज मिति तोकेको छन् । बुकक्लोजसँगै नेप्सेले सोमबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरेको हो ।

शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनसपछि ८०८ रुपैयाँ ६२ पैसा तथा नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनसपछि ८२७ रुपैयाँ ८७ पैसा समायोजित सेयर मूल्य तोकिएको छ ।

सोमबार शिखरको सेयर अन्तिम पटक प्रतिकित्ता ९३८ रुपैयाँ तथा नेरुडेको १०१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोमबार निर्धारण भएको समायोजित सेयर मूल्यलाई आधार मानेर दुबै कम्पनीको मंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।