मनकामना स्मार्ट लघुवित्तले घोषणा गर्यो लाभांश

0
Shares

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४.७५ प्रतिशत बोनस तथा ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

लघुवित्तले हाल कायम चुक्तापुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने ७० लाख ८७ हजार २७५ रुपैयाँबराबरको लाभांश वितरण गर्नेछ ।

जस अनुसार ६७ लाख ३२ हजार ९११ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३ लाख ५४ हजार ३६३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।