दुई हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

दुई हाइड्रोपावर कम्पनीहरु रिडी पावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

आज (माघ १८ गते बुधबार) बुकक्लाज तोकेको दुबै कम्पनीको बोनसको बुकक्लोजसँगै नेप्सेले समायोजित सेयरमूल्य निर्धारण गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३८५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै अरुण भ्यालीको ८ प्रतिशत बोनस सेयर समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

मंगलबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर दुबै कम्पनीको बोनस समायेजन गरिएको हो ।मंगलबार रिडी पावरो सेयर ५३९ रुपैयाँमा तथा अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

बोनस समायोजन पश्चात तोकिएको मूल्यका आधारमा नै बुधबार दुबै कम्पनीको सेयरमूल्य नेप्सेमा सुचारु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।