पर्सामा करिब साढे ६ हजार उद्योग थपिए

0
Shares

पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा ६ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।

यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दर्ता भएका छन् ।

यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र ६ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट ६ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार  १२ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।