मिर्मिरे लघुवित्तको नाफा ५८ प्रतिशत घट्यो

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५८ प्रतिशत घटेको छ ।

चालु आवको पुस मसान्तसम्ममा लघुवित्तले ५ करोड ६८ लाख रुपैयँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले १३ करोड ८१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको बढ्दो जोखिम व्यवस्थापन तथा खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशत घटेसँगै खुद नाफा घटेको हो ।

लघुवित्तको खराब कर्जा अनुपात १.५५ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ । लघुवित्तको प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा छ ।

चुक्ता पुँजी ६५ करोड ३३ लाख रहेको कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ५२ रुपैयाँ ९२ पैसा रहेकोमा घटेर १७ रुपैयाँ ४१ पैसामा संकुचित बनेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट पुससम्म ५ अर्ब ३२ करोड सापटी तथा २ अर्ब ८३ करोड निक्षेप संकलन गरेर ८ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ३२ करोड ४२ लाख र रिटेन्ड अर्निङमा ३ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।