उपकार लघुवितले तोक्यो ६५ प्रतिशत लाभांशको बुकक्लोज

0
Shares

उपकार लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको ६५ प्रतिशत लाभांशको बुकक्लोज तय गरेको छ ।

कम्पनीको माघ २२ गते बसेका सञ्चालक समितिको ५७ औं बैठकले फागुन ४ गते बिहीबार बुकक्लोज तोकेको हो । यसअनुसार फागुन ३ गते बुधबारसम्म सेयर कारोबार भई कायम रहने सेयर लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ६१.७५ प्रतिशत (४ करोड ५ लाख २३ हजार २०० रुपेयाँ) बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत (२१ लख ३२ हजार ८०० रुपैयाँ) नगद गरी कुल ६५ प्रतिशत (४ करोड २६ लाख ५६ हजार ३०० रुपेयाँ) लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

लघुवित्तले फागुन १८ गते बिहीबार बैजनाथ १ गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।