सूचीकृत संस्थाको वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन आग्रह

0
Shares

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

धितोपत्र सूचीकृत विनियमावली अनुसार सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले दोस्रो त्रैमासिक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन कम्पनीहरुलाई नेप्सेले आग्रह गरेको हो ।

सूचीकृत कम्पनीहरुले फागुन १० गतेसम्म कार्यालय समयभित्र आवश्यक विवरण इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।