सानिमा ग्रोथ फन्डको इकाई मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।
प्रति इकाई मूल्य १० कायम भएको क्रम संख्या १ देखी ६ करोड ७२ लाख ५३ हजार २६० सम्मको कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई सूचीकरण गर्ने सम्झौता माघ २४ गते मंगलबार सम्पन्न भएको हो ।
सानिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त इकाई सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच आज दोस्रो बजार कारोबारको लागि सम्झौता भएको हो ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनवाट यस स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको उक्त धितोपत्र कारोबारका लागि एसएजिएफ कारोबार सिम्बोल दिएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत् ६ करोड ७२ लाख ५३ हजार २६० इकाई धितोपत्र खुल्ला बिक्री आह्वान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई धितोपत्र (सामूहिक लगानी कोष इकाई) वितरण भई यस स्टक एक्सचेञ्जमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २० गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया