एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा साढे १ करोडबाट ५६ लाखमा खुम्चियो

0
Shares

नेप्सेमा लगानी समुहमा अन्तर्गत सूचीकृत रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४।११ प्रतिशतले घटेको छ ।

गत आवको पुससम्म १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा चालु आवको सोही अवधिमा ५६ लाख ७७ हजार रुपैयाँमा संकुचित बनेको हो ।  वित्तीय सम्पत्तीको फेयर भ्यालूमा आएको परिवर्तनबाट १ करोड ७४ लाख रुपैयाँ व्यवस्थापन गर्दा कम्पनीको मुनाफामा उच्च गिरावट आएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.२७ प्रतिशत बढेर २ करोड ७५ लाख २२ हजार र सञ्चालनबाट हुने मुनाफा ९.३६ प्रतिशत बढेर २ करोड ३१ लाख ८९ हजार कायम भएको छ । यस अवधिमा कम्पनीको कुल खर्च ८.८१ प्रतिशत बढेर ४३ लाख ३३ हजार खर्च गरेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रहेको छ । यस्तै रिटेन्ड अर्निङ्ग २७.१८ प्रतिशत घटेर ४ करोड ७५ लाख सञ्चित छ ।

नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी घटेर ९३ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ५२३.५० गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।