आदर्श लघुवित्तको खुद ब्याज आम्दानीसँगै घट्यो नाफा

0
Shares

आदर्श लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानीसँगै नाफा घटेको छ । कम्पनीको खुद नाफा ५०.१४ प्रतिशतले घटेको हो ।

पुससम्ममा आदर्श लघुवित्तले ७ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाउको छ । गत आवको सोही अवधमिा यस्तो नाफा १४ लाख ७० हजार धेरै थियो ।

गत आवको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी ४.५० प्रतिशतले घटेर ९० लाख ४३ हजार रुपैयाँमा खुम्चिएको छ । यस्तै सञ्चालन नाफा पनि ३२.६८ प्रतिशतले घटेर ११ लाख ६४ हजार रुपैयाँमा झरेको छ ।

पुससम्ममा कम्पनीको निक्षेप संकलन १५ करोड ५२ लाख, सापटी १० करोड ७२ लाख र कर्जा लगानी २८ करोड ४० लाख रुपेयाँ रहेको छ ।
चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा रहेको छ ।

पुससम्ममा जगेडा कोषमा १ करोड ७२ लाख ६२ हजार रुपैयाँ सञ्चित रहँदा कम्पनीको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा कायम भएको छ । पुससम्ममा कम्पनीको निक्षेप संकलन लागत १०.०५ प्रतिशत, आधारदर १६.८८ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५०६ रुपैयाँ ७६ पैसा रहेको छ ।

समीक्षा अवधिमा खराब कर्जा १.५६ बाट ०.७३ प्रतिशत बिन्दुले बढेर २.२९ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।