रेमिट्यान्स कम्पनीलाई विवरण बुझाउने अधिकतम समय १५ दिन

6
Shares

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुको विवरण बुझाउने समय अवधि तोकेको छ । कम्पनीहरुले दैनिक विवरण ३ दिनमा, मासिक सात, त्रैमासिक र वार्षिक विवरणका लागि १५ दिनको समय दिएको हो ।

बुधबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै विप्रेषण कम्पनी आफैले वा सब–एजेन्ट तथा सब–रिप्रिजेन्टेटिभहरु मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण अंग्रेजी महिना अनुसार मासिक रुपमा पठाउनु पर्छ । तर, कम्पनीले यस्तो मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले विप्रेषण कम्पनीले कारबाही गरेका सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरुको विवरण अंग्रेजी महिना अनुसार नै मासिक विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । उक्त विवरण पनि अंग्रेजी महिना सकिएको एक साता भित्र केन्द्रीय बैंकमा बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार देशगत इनवार्ड रेमिट्यान्स को कारोबार विवरण पनि अंग्रेजी महिनाका आधारमा मासिक रुपमा बुझाउनु पर्छ । देशगत इनवार्ड रेमिट्यान्सको कारोबारको दैनिक विवरण भने कारोबार भएको ३ दिन भित्र केन्द्रीय बैंकमा पेस गर्नु पर्छ ।

कम्पनीगत इनवार्ड रेमिट्यान्स कारोबारको अंग्रेजी महिना सकिएको एक साता भित्र बुझाउनु पर्छ । तर, व्रिपेषण कम्पनीको सञ्चालक समितिको वार्षिक विवरण आर्थिक वर्ष सकिएको १५ दिन भित्र र प्रदेशगत वित्तिय विवरण त्रैमासीक रुपमा त्यो पनि त्रैमास समाप्त भएको १५ दिन भित्र बुझाउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार  १९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।