च्याटबोट ‘बार्ड’ ले गलत जवाफ दिँदा गुगललाई एक खर्ब डलर नोक्सान

0
Shares

गुगलको कृतिम बौद्धिकताद्धारा सञ्चालित च्याटबोट ‘बार्ड’ ले गलत जवाफ दिएपछि लगानीकर्ताहरु निराश भएका छन् ।

बुधबार गुगलको सेयर ७ प्रतिशतले घटेको छ जसकारण कम्पनीलाई एक खर्ब डलर बढी नोक्सानी भएको हो ।

पछिल्लो समय चर्चित भएको च्याटजीपिटीले गुगललाई टक्कर दिने खतरा बढ्दै गएपछि गुगलले आफ्नै च्याटबोट लन्च गरेको थियो । तर ट्वीटरमा रिलिज भएको च्याटबोट ‘बार्ड’ को प्रमोश्नल भिडियोमा नै च्याटबोटले गलत जवाफ दिएपछि गुगलको सेयरमा गिरावट आएको हो ।

भिडियोमा च्याटबोटलाई प्रश्न गरिएको छ । जेम्स वेभ स्पेस टेलिस्कोपले गरेका डिस्कभरीका बारेमा ९ वर्षको बच्चालाई के जानकारी दिने ? यस प्रश्नको जवाफमा बार्डले टेलिस्कोप सर्वप्रथम पृथ्वी बाहिरका ग्रह तथा उपग्रहहरुको तस्वीर कैद गर्न प्रयोग गरिएको र सन् २००४मा युरोपियन भेरी लार्ज टेलिस्कोपले सौर्य मण्डलका पृथ्वी बाहेकका अन्य ग्रहको तस्वीर लिई इतिहास रचेको थियो ।

गुगलले प्रश्न र जवाफ सहितको प्रोमो भिडियो ट्वटिरमा पोस्ट गरेपछि न्युक्यासल युनिर्भसीटिका क्रिश ह्यारिसनले गुगलले फ्याक्ट चेक नगरी पोस्ट गरेको बताउँदै रिट्वीट गरेका थिए ।

तर बार्डको प्रतिस्पर्धी च्याटजीपिटीले जटिल किसिमका प्रश्नहरुको पनि सहि, सहज र संवेदनशील शैलीमा जवाफ दिँदै आएको छ ।

बार्डले दिएको गलत जवाफका कारण कम्पनीका सेयरलगानी कर्तामा अन्योलता बढेको छ । जसकारण कम्पनीको पुँजीकरणमा एकै दिनमा १०० अर्ब डलर बढीको कमी आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।