हिमालयन डिष्टिलरी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश वितरण

0
Shares

हिमालयन डिष्टिलरी लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट वितरण गर्ने निर्णय गरे बमोजिमको नगद लाभांश वितरण गरेका छन् । गत वर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरी साधारण सभाबाट पारित भएको नगद लाभांश (बोनस सेयर र नगद लाभांशको कर कट्टी गरी) वितरण गरिएको हो ।

हिमालयन डिष्टिलरीको गत पुस २७ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो । हिमालयन डिष्टिलरीले वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरेको थियो ।

यसअनुसार बुकक्लोजको अघिल्लो दिन पुस १९ गतसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश वितरण गरिएको हो ।

उता श्री इन्भेष्टमेन्टको पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित करसमेत ५.२० प्रतिशत नगद पारित भएको थियो । वार्षिक साधारण सभा प्रयोजनका कम्पनीले पुस १९ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १८ गतेसम्म कायम सेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामै माघ ५ गतेदेखि नै कर कट्टी गरी नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

दुबै कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिकपछि मात्र वितरण हुने बताएका छन् ।  साथै बुकक्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद लाभांश वितरण हुने सूचनामा उल्लेख छ ।

साधारण सभाबाट पारित भएको बोनस सेयर भने धितोपत्र दोस्रो बजार (नेप्से) मा सूचीकृत पछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।  साधारण सभाबाट पारित भएको बोनस सेयर भने धितोपत्र दोस्रो बजार (नेप्से) मा सूचीकृत पछि मात्र लगानीकर्तामा वितरण हुनेछ । हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको ६० प्रतिशत बोनस र श्री इन्भेष्ट एण्ड फाइनान्सले चुक्ता पुँजीको २.४० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारण सभाबाट पारित गरेका थिए ।

हिमालय डिष्टिलरीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड र श्री इन्भेष्टको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।