सेयर मूल्य समायोजनपछि ३ कम्पनीको कति तोकियो भाउ ?

0
Shares

बिहीबार नेप्सेमा तीन कम्पनीको बोनसमा सेयरमूल्य समायोजन भएको छ । नेप्सका अनुसार आज सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स र ज्योति विकास बैंकको सेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत बोनसपछि प्रतिकित्ता ७११ रुपैयाँ ५७ पैसा समायोजित सेयरमूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ७९९ रुपैयाँ ८० पैसामा कारोबार भइ बन्द भएको थियो ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत बोनसपछि प्रतिकित्ता ५३१ रुपैयाँ ८३ पैसा समायोजित सेयरमूल्य निर्धारण गरेको छ । कम्पनीको सेयर अन्तिम पटक ५६९ रुपैयाँमा बिहीबार कारोबार भइ बन्द भएको थियो ।

यस्तै ज्योति विकास बैंकको ३ प्रतिशत बोनसपछि प्रतिकित्ता ३०६ रुपैयाँ ८० पैसासमायोजित सेयरमूल्य निर्धारण गरिएको छ । बैंकको सेयर बिहीबार अन्तिम पटक ३१६ रुपैयामा खरिद बिक्री भएको थियो ।

नेप्सेले बिहीबार अन्तिम पटक कारोबार भएको मूल्यका आधारमा बोनस समायोजन गरेको हो । अब तीनवटै कम्पनीको सेयर आइतबार समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।