नाडाद्धारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग


नाडा अटोमोबाइल्स एशोसिएसनले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्राविधिक उपकरणहरु सहयोग स्वरुप उपलब्ध गराएको छ ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफीक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।

त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए ।

नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतदेखि नै विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताएका थिए ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेकी थिइन् ।

राजधानीको ट्राफीक व्यवस्थापन तथा पार्किङका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत नाडाले छलफल गरेको छ ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।