सुनको भाउ शुक्रबार एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ३ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ४ हजार ९०० रुपैयाँ तोलामा तथा तेजावी सुन १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले सस्तिएको छ । भाउ सस्तिएसँगै आज चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो बिहीबार ५ रुपैयाँले बढेर चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८५६ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.९२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया