रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ११९ प्रतिशतले मुनाफा बढाउँदै २०७९ पुससम्ममा १६ करोड ६७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको नाफा ७ करोड ६० लाख ३४ हजार रुपैयाँ थियो ।
दोस्रो त्रैमासिक अवधिमा कम्पनीले १ अर्ब ३७ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको पुस मसान्तसम्ममा रिलायन्सले १ अर्ब ३५ करोड ६९ लाख रुपैयाँ थियो । समीक्षाा अवधिमा खुद बीमाशुल्क १.०५ प्रतिशतले वृद्दि भएकाे हाे ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३ अर्ब ३६ करोड ९२ लाखबाट २६ प्रतिशतले बढेर ४ अर्ब २२ करोड ३३ लाख रुपैयाँ सञ्चित भएको छ । यस्तै जगेडा कोष १८ करोड १७ लाख ५३ हजार रुपैयाँबट बढेर ३९ करोड ९४ लाख १२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको महाविपत्ति कोषमा ५ करोड ६६ लाख छ । गत आवको सोही अवधिमा ३ करोड २४ लाख थियो ।
चुक्ता पूँजी २ अर्ब १० करोड रहेको रिलायन्सको वार्षिक सेयर आम्दानी १५ रुपैयाँ ८८ पैसा, प्रति सेयर नेटवर्थ भने १२१ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८.१४ गुणा छ ।
बीमा कम्पनीको खुद दाबी भुक्तानी ६६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ४७ करोड ७१ लाख ४५ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा २८ करोड ६३ लाख ६३ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीले कर्जा लगानी तथा अन्यबाट १९ करोड ७४ लाख र बीमालेख धितो कर्जाबाट २ करोड ९८ लाख आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले बीमलेख धितोमा ६२ करोड ८७ लाख ८७ हजार,दीर्घकालीन कर्जामा ४ अर्ब १८ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन लगानी तथा कर्जाबाट २ अर्ब ३० करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ ।
जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले पाउने कमिशनमा २२ प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा अभिकर्ताले २३ करोड ७७ लाख रुपैयाँ प्राप्त गरेकामा घटेर हाल १८ करोड ४१ लाख रुपैयाँ कमिशन मात्र प्राप्त गरेका छन् ।
कम्पनीले हालसम्म कुल ४ लाख ७३ हजार ३८६ वटा बीमालेख जारी गरेर कुल बीमाशुल्क १ अर्ब ४५ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ । पुससम्म कम्पनीले ९५१ वटा दाबी वापत ५४ करोड ९३ लाख २१ हजार रुपयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अब ४३ वठा दाबी वापत ४४ करोड ३७ लाख २२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
गत आवको सोही अवधिमा रिलायन्स लाइफले कुल १ लाख ६९ हजार ६०० वटा बीमालेख जारी गरेर कुल बीमाशुल्क १ अर्ब ४४ करोडरुपैयाँ संकलन गरेका थियो । सो अवधिमा कम्पनीले ४५४ वटा दाबी वापत ३७ करोड २४ लाख २२ हजार रुपयाँ दाबी भुक्तानी गरेको थियो । सो समयमा कम्पनीले १० वटा दाबीको १८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया