ग्रीनलाइफले ३४ लाख ९६ हजार कित्ता आइपिओ बिक्री गर्ने

0
Shares

ग्रीनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आइपिओ बिक्रीका लागि अनुमति मागेको हो ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको १६ लाख ९६ हजार ४०० कित्ता सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

 रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने  ग्रेड ४ रेटिङ दिएको छ । 

यसले दोलखा जिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपावर निर्माण गरिरहेको छ ।