दुई लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई लघुवित्तको सेयरमूल्य समायेजन गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।

इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको छ ।

निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयरको समायोजनपछि प्रतिकित्ता ८३४ रुपैयाँ ४५ पैसा मूल्य तोकिएको छ । कम्पनीको सेयर अन्तिम पटक ९९३ रुपैयाँको आधारमा सेयर मूल्य समायोजन गरिएको हो ।

त्यस्तै इन्फिनिटी लघुवित्तकोे २० प्रतिशत बोनस सेयरको समायोजनपछि ८३१ रुपैयाँ ६७ पैसा तोकिएको छ । कम्पनीको अन्तिम सेयर मूल्य ९९८ रुपैयाँको आधारमा सेयर मूल्य समायोजन गरिएको हो ।

नेप्सेले आइतबार अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुकक्लोज मिति तोकेका छन् ।

दुबै लघुवित्तका लाभांश पाउन र साधारण सभामा भाग लिन माघ २९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम भएको हुनुपर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।