सुनको भाउ घट्याे, चाँदीको भाउ स्थीर

0
Shares

सुनको भाउ मंगलबार नेपाली बजारमा तोलामा २०० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो सोमबार छापावाल सुन १ लाख ४ हजार र तेजावी सुन १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, प्रतितोला चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । चाँदी हिजो सोमबार पनि यहि भाउमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८५८ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.९९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।