नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक सेयरको बिक्री खुल्यो

0
Shares

नागरिक लगानी कोष (सीईआईटी) को ७५ हजार कित्ता संस्थापक सेयर फागुन २ गते (आज) देखि बिक्रीमा आएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त सेयर प्रतिकित्ता न्यूनतम ७४३ रुपैयाँ तोकेर बिक्री खुला गरिएको हो । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सो संस्थापक सेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । फागुन १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ ।

संस्थापक सेयर खरिद गर्नेले आजभन्दा पछि कोषद्वारा प्रस्ताव हुने लाभांश तथा हकप्रद सेयर समेत प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।