नेप्सेमा १६.४० अंकको गिरावट, एचडिएलको उच्च कारोबार

0
Shares

धितोपत्र बजार मंगलबार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका १३ मध्ये १२ उपसमुहगत सूचक राताम्य भएसँगै बजार सूचक नेप्से १६.४० घटेर २१०५.४६ बिन्दुमा कायम हुन पुगेको हो । सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक घटेको छ।

आज कारोबार रकम समेत २७ कराेड ५० लाख रुपैयाँले खुम्चिएको छ । मंगलबार सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर ३६ हजार ८८० वटा संख्यामा किनबेच हुँदा कारोबार रकम १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँमा समेटिएको हो ।

चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन नगरेपछि सेयर बजारको ओरालो यात्रा सुरु भएको छ । आज उत्पादन तथा प्रशोधन सूचक बाहेक सबै १२ वटै उपसमुहगत सूचक घटेका छन् । लगानी सर्वाधिक १.०२ प्रतिशतले घटेको छ । कारोबारमा आएका लगानी र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेसँगै कारोबार रकम समेत घटेको हो । हिमालयन डिष्टिलरी (एचडिएल) को सर्वाधिक ७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ७ करोड ७४ लाख, एनआइसी एशिया बैंकको ६ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ लाख र अपि पावरको ४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ५९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । आज युनिलिभर नेपाल लिमिटेडको सेयर ६.१२ प्रतिशतले बढेको छ । त्यस्तै, राप्ती हाईड्रोको ५.२३, नेपाल इन्स्योरेन्सको ४.५७, सामलिङ पावर ४.४८ र सानिमा लार्ज क्याप फन्डको इकाईमूल्य ४ प्रतिशतले बढेको छ । एनएमबी ५०, विन्धवासिनी हाईड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन म्युचुअल फन्ड २, छ्याङ्दी हाईड्रोपावरको सेयर मूल्य पनि बढेको छ ।

मंगलबारको बजारमा बाराही हाइड्रोपावरको सबैभन्दा धेरै ५.७ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त ३.९५, सामुदायिक लघुवित्त ३.७०, ग्रीन डेभलपमेन्ट बैंक ३.५७ प्रतिशत र सबैको लघुवित्तको सेयरमूल्य ३.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।