शौरभ ग्रुपको जगदम्बा स्पीनिङको कर्जा रेटिङमा गिरावट, रेटिङ वीथड्रल गर्ने सूचना

0
Shares

शौरभ ग्रुपको लगानी रहेको जगदम्बा स्पीनिङ मिलको कर्जा रेटिङमा घटुवा भएको छ ।

सन् २०२१ मा कम्पनीले ३ अर्ब ३९ करोड २६ लाख बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको थियो । त्यस समयमा रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ए–४ प्लस रेटिङ दिएको इक्रा नेपालले अहिले कम्पनीलाई “इस्यूअर नट को–अपरेटिङ”को सूचीमा राखी यस अघि दिएको रेटिङ घटाएको हो ।

इक्रा नेपालले यस अघि दीर्घकालीन कर्जाका दिएको डबल बी रेटिङ घटाएर डबल बी माइन्स पुर्‍याएको छ भने अल्पकालीन कर्जाका लागि ए–४ प्लस रेटिङ घटुवा गरी ए–४ दिएको छ । यस्तै इक्रा नेपालले कर्जा रेटिङका सम्बन्धमा जानकारी लिनका लागि कम्पनीसँग सम्पर्क गर्दा कम्पनी सम्पर्कमा नआएको जनाएको छ । जसकारण रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई यस अघि दिएको रेटिङमा घटुवा गरी रेटिङ वीथड्रलको सूचना समेत दिएको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको पछिल्लो आम्दानी सन् २०२१ सम्मको रहेको छ । सन् २०२१ को ६ महिनामा ७७ करोड ६० लाख आम्दानी गरेको छ । सन् २०२१ पछिको वित्तीय अवस्थाको बारेमा जानकारी नगराएका कारण सन् २०२२को वित्तीय अवस्थाको बारेमा यकीन गर्न सकिएको छैन ।

सन् २००५ मा स्थापना भएको जगदम्बा स्पीनिङ मिल्सले फाइबर र्यान, पोलिस्टर र्यान, भिस्कोज बेलेन्डेड र्यान र एक्राइलिक र्यानको उत्पादन गर्दै आएको छ ।  कम्पनीमा शौरभ ग्रुपका विष्णु प्रसाद न्यौपानेको २० प्रतिशत, विवश न्यौपानेको २० प्रतिशत, दुर्गा प्रसाद न्यौपानेको ५० प्रतिशत र व्यवसायी चन्द्र टण्डनको १० प्रतिशत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।