हिमालयन डिष्टिलरीको बोनस सुचीकृत

0
Shares

हिमालयन डिष्टिलरीको बोनस सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सुचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीको ६० प्रतिशत बराबरले हुन आउने ९१ लाख १० हजार ८७४ दशमलव ९३ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त लाभांश पुस २७ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो । कम्पनीले नगद लाभांश भने यसअघि नै बोनस र नगदमा लाग्ने करकट्टी गरी वितरण गरिसकेको छ ।

हिमालयन डिष्टिलरीले साधारणा सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुकक्लोज गरेको थियो । यसअनुसार पुस १९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोार भई कायम रहेका लगानीकर्ताले मात्र चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाएका छन् ।

नेप्सेमा बिहीबार सूचीकृत उक्त कम्पनीको बोनस साधारणा सभाका लागि गरिएकाे बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार  १८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।