सुपरमाई हाइड्रोपावरको आईपीओमा ४ हजार १७२ आवेदन रद्द

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन परेका कुल सेयरमध्ये ४ हजार १७२ वटा रद्द भएको हो । कम्पनीको आईपीओमा कुल १३ लाख २२ हजार ४९२ वटा आवेदन परेकोमा ४ हजार १७२ वटा रद्द भई १३ लाख १८ हजार ३२० वटा आवेदन मात्र सदर भएको हो ।

रद्द भएका आवेदनबाट कुल ५४ हजार ९५० कित्ताको आवेदन रद्द भएको हो । जसमा सि आश्वाबाट १०२१ वटा आवेदनबाट माग भएको १४ हजार ६४० कित्ता, स्थानीय बासिन्दाबाट दोहोरो आवेदन परेका १२५९ आवेदनबाट माग भएको १६ हजार १६० कित्ता, वैदेशिक रोजगारीमा रहेर दोहोरो आवेदन गरेका १८८६ जनाले माग गरेका २४ हजार ६० कित्ता र संस्थापकहरुको ६ वटा आवेदनबाट परेको ९० कित्ताको माग रितपुर्वक नपरेका कारण रद्द गरिएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको हो ।

सदर मध्ये सबैलाई सेयर अपुग भएपछि योग्य आवेदकमध्ये पनि १२ लाख ७६ हजार ८२० जनाले सेयर प्राप्त गर्न सकेनन् । जुन सदर आवेदकको ९६.८५ प्रतिशत हो । अन्तिम दिनसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख २२ हजार ४९२ वटा आवेदनबाट १ अर्ब ४३ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयर खरिदको आवेदन परेको थियो । जसमध्ये १३ लाख १८ हजार ३२० वटा आवेदनबाट परेको १ करोड ४२ लाख ७२ हजार ९७० कित्ताको आवेदन सदर भएको थियो ।

सानिमा क्यापिटलको कार्यालय नक्सालमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका हुन् । बाँडफाँडमा १०० जना जनामध्ये ३ जनाले मात्र सेयर हात पारेका हुन् । ९७ प्रतिशतको हात भने खाली भएको छ ।

कम्पनीले माघ २३ देखि २६ गतेसम्म ४ लाख १५ हजार कित्ताको लागि सेयर निष्कासन गरेको थियो । जुन सर्वसाधारणलाई निष्काशन गरेको तुलनामा ३४.५३ गुणा बढी हो ।

कम्पनीले यसअघि कर्मचारीहरुका लागि १० हजार, सामुहिक लगानी कोषका लागि २५ हजार, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ५० हजार र स्थानीय बासिन्दालाई ५ लाख कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।