बाइस कम्पनीले आह्वान गरे साधारण सभा, १८ वटाले बाँड्दैछन् लाभांश

0
Shares

पछिल्लो समय नेप्सेमा सूचीकृत २२ कम्पनीले निकट भविष्यमा नै साधारण सभा सम्पन्न गर्दैछन् । जसमध्ये सबैभन्दा धेरै लघुवित्तका कम्पनी रहेका छन् ।  बढ्दो खराब कर्जा र प्रोभिजनका कारण जोखिम व्यवस्थापन लगायत कामममा ढिलाई हुँदा अधिकांश लघुवित्तको यो वर्ष लाभांश घोषणामा ढिलाई भएको छ । लाभांश घोषणा ढिलाई हुँदा सभा आह्वान गर्ने मिति पनि पछाडि सरेको हो ।

लाभांश घोषणा गरेका २२ मध्ये आधा अर्थात ११ वटा त लघुवित्त मात्रै छन् । यस्तै  ४ वटा हाइड्रोपावर, ५ वटा बीमा कम्पनी र २ वटा विकास बैंकले पनि साधारण सभा आह्वान गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्सले फागनु ११ गते बिहीबार साधारण सभा आह्वान गरेको छ । यस्तै निर्धन उत्थान लघुवित्त, लुम्बिनी जनरल इन्स्यारेन्स, रिलायन्स इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स गरी चार कम्पनीले फागुन १२ गते शुक्रबार साधारण सभा आह्वान गरेका छन् ।

इन्फिनीटी लघुवित्तले फागुन १३ गते शनिबार, अपि पावर कम्पनी र ज्योति विकास बैंकले फागुन १४ गते आइतबार, मिथिला लघुवित्तले फागुन १७ गते बुधबार, उपकार लघुवित्तले फागुन १८ गते बिहीबार र स्वाबलम्बन लघुवित्तले फागुन १९ गते शुक्रबार साधारण सभा बोलाएको छ ।

यस्तै महिला लघुवित्तले फागुन २१ गते आइतबार, कर्पोरेट डेभलमेन्ट बैंकले फागुन २२ गते सोमबार, प्रभु इन्स्योरेन्सले फागुन २३ गते मंगलबार, ग्लोबल आइएमई लघुवित्तले फागुन २४ गते बुधबार, ङादी ग्रुप पावरले फागुन २५ गते बिहीबार, सबैको लघुवित्तले फागुन २६ गते शुक्रबार, बरुण हाइड्रोपावरले फागुन २८ गते आइतबार तथा सिभिल लघुवित्त र लक्ष्मी लघुवित्तले फागुन २९ गते सोमबार साधारण सभा आह्वान गरेको छ ।
चैतमा न्यादी हाइड्रोपावरले चैत ६ गते सोमबार र छिमेक लघुवित्तले चैत १० गते शुक्रबार सभा आह्वान गरेका हुन् ।

चार कम्पनीको छैन लाभांश, ९ कम्पनीको अझैपनि लाभांश पाइने

साधारण सभा आह्वान गरेका २२ मध्ये ४ कम्पनीले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्ने प्रस्तव गरेका छैनन् । लाभांश प्रस्ताव नगरेका कम्पनीहरुमा बरुण हाइड्रोपावर, न्यादी हाइड्रोपावर, रिलायन्स इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।

लाभांश प्रस्ताव गरेका १८ जसमध्ये ९ कम्पनीको सेयर खरिद गर्दा अझैपनि लाभांश पाइने अवस्था रहेको छ । सेयर खरिद गर्दा लाभांश पाइने कम्पनीहरुमा स्वावलम्बन लघुवित्त, कर्पोर्रेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावरले फागुन १० गते बुधबार बुकक्लोज तोकेका छन् ।

यस्तै प्रभु इन्स्योरेन्सले फागुन १२ गते शुक्रबार, सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते आइतबार, ग्लोबल आइएमई लघुवित्तले फागुन १६ गते मंगलबार, लक्ष्मी लघुवित्तले फागुन १७ गते बुधबार र छिमेक लघुवित्तले फागुन २५ गते बिहीबार वार्षिक साधारण सभा आह्वान गरेका छन् ।

बरुण हाइड्रोपावर र न्यादी हाइड्रोपावरले भने सेयरधनीलाई कुनैपनि लाभांश प्रस्ताव गरेका छैनन् । बरुण हाइड्रोपावरले फागुन १५ गते सोमबार र न्यादी हाइड्रोपावरले फागुन १९ गते शुक्रबार बुकक्लोज तोकेकोे छ ।

कसको लाभांश कति ?

लाभांश प्रस्ताव गरेका १८ मध्ये उपकार लघुवित्तले सर्वाधिक चुक्ता पुँजीको ६५ प्रतिशत (६१. ७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ । सबैभन्दा कम ङादी ग्रुप पावरले चुक्ता पुँजीको ५ प्रतिशत (४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद) प्रस्ताव गरेको छ ।

Name Bonus Cash Total Bookclose AGM
Upakar Laghubitta Bittiya Sanstha Limited 61.75 3.25 65.00 Falgun 4, Thusday Falgun 18, Thusday
Mahila Laghubitta Bittiya Sanstha Limited 47.50 2.50 50.00 Falgun 5, Friday Falgun 21, Sunday
Chhimek Laghubitta Bikas Bank Limited 22.00 3.26 25.26 Falgun 25, Thusday Chaitra 10, Friday
Swabalamban Laghubitta Bittiya Sanstha Limited 15.00 6.05 21.05 Falgun 10, Wednesday Falgun 19, Friday
Infinity Laghubitta Bittiya Sanstha Limited 20.00 0.00 20.00 Falgun 2, Tuesday Falgun 13, Saturday
Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited 19.00 1.00 20.00 Falgun 2, Tuesday Falgun 12, Friday
Laxmi Laghubitta Bittiya Sanstha Limited 15.00 5.00 20.00 Falgun 17, Wednesday Falgun 29, Monday
Global IME Laghubitta Bittiya Sanstha Limited 12.00 8.00 20.00 Falgun 16, Tuesday Falgun 24, Wednesday
Sabaiko Laghubitta Bittiya Sanstha Limited 18.00 0.95 18.95 Falgun 14, Sunday Falgun 26, Friday
Mithila Laghubitta Bittiya Sanstha Limited 15.00 0.79 15.79 Falgun 5, Friday Falgun 17, Wednesday
Sagarmatha Insurance Company Limited 12.40 0.66 13.06 Magh 27, Friday Falgun 11, Thusday
Civil Laghubitta Bittiya Sanstha Limited 11.00 0.58 11.58 Falgun 14, Sunday Falgun 29, Monday
Api Power Company Limited 7.50 0.39 7.89 Falgun 4, Thusday Falgun 14, Sunday
Lumbini General Insurance Limited 7.00 0.35 7.35 Magh 27, Friday Falgun 12, Friday
Prabhu Insurance Company Limited 6.70 0.35 7.05 Falgun 12, Friday Falgun 23, Tuesday
Jyoti Bikash Bank Limited 3.00 3.80 6.80 Magh 29, Sunday Falgun 14, Sunday
Corporate Development Bank Limited 5.00 0.26 5.26  Falgun 10, Wednesday Falgun 22, Monday
Ngadi Group Power Limited 4.75 0.25 5.00 Falgun 10, Wednesday Falgun 25, Thusday
Barun Hydropower Company Limited 0.00 0.00 0.00 Falgun 15, Monday Falgun 28, Sunday
Nyadi Hydropower Company Limited 0.00 0.00 0.00 Falgun 19, Friday Chaitra 6, Monday
Reliance Life Insurance  0.00 0.00 0.00 Magh 29, Sunday Falgun 12, Friday
Sanima Life Insurance Company  0.00 0.00 0.00 Magh 29, Sunday Falgun 12, Friday

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।