जीवन विकास लघुवित्तको लाभांश आधा घट्यो

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभा.श वितरण गरेको थियो ।

फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण लगानीकर्तामा हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।