एचआइडीसीएलको २.२१ करोड कित्ता सेयर आजसम्म मात्रै किन्न सकिने

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले लिलामीमा ल्याएको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता संस्थापक सेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ ।

इच्छुकले आज (फागुन ८ गते) कार्यालय समयभित्र लिलामी भर्न सक्नेछन् । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिनसक्ने जनाइएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको नयाँ बानेश्वर शाखाबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । यस्तै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।