शौर्य सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने, वार्षिक साढे ७ अर्बको कारोबार

0
Shares

नेपालका ठूला व्यापारिक घराना अम्बे ग्रुप, हुलास ग्रुप, शङकर ग्रुपको संयुक्त लगानी रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिजले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत १ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा दिनको २ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकोले प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारणमा जारी गर्ने भनि छुट्याएको सेयरलाई संशोधन गरी प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेपछि आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै निष्कासन गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लेखारिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख परिष्कृत आम्दानी गरेको शौर्य सिमेन्टको आम्दानी सन् २०२२ मा ७ अर्ब ४३ करोड पुगेको छ ।

सन् २०१७ मा स्थापना भएको शौर्य सिमेन्ट उद्योगमा शङ्कर ग्रुप, हुलास ग्रुप र अम्बे ग्रुपको लगानी रहेको छ । सुलभ अग्रवाल उद्योगका अध्यक्ष रहेका छन् ।

सिराहा जिल्लाको मिरचैयामा रहेको उद्योगको उत्पादन क्षमता प्रति दिन ३ हजार मेट्रिक टन रहेको छ । शौर्य सिमेन्टको आफ्नै चुनढुङ्गा खानी रहेको छ । जसकारण उद्योग निरन्तर रुपमा सञ्चालनमा आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।