निर्माण क्षेत्रमा छाएको मन्दीले एरिहन्ट इन्फ्रास्ट्रक्चरको आम्दानीमा गिरावट

0
Shares

निर्माण क्षेत्रमा मन्दी आएसँगै एरिहन्ट इन्फ्रास्ट्रक्चर कम्पनीको आम्दानीमा गिरावट आएको छ ।

रेटिङ एजेन्सी केयर नेपालका अनुसार एरिहन्ट इन्फ्रास्ट्रक्चरको आम्दानी सन् २०२२ मा ८४ करोड ४० लाख रहेको छ । यस अघि सन् २०२२ मा ८९ करोड ५० लाख आम्दानी गरेको कम्पनीको आम्दानीमा सन् २०२२मा ६ प्रतिशत गिरावट आएको हो।

कम्पनीको आमदानीमा गिरावट भएता पनि अन्य वित्तीय सूचांक बलियो देखिएका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, कर, ब्याज र भाडा अघिको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ३.८७ प्रतिशत थियो भने सन् २०२२ मा उक्त नाफा बढेर ९.१९ प्रतिशत हुन पुगेको छ ।

यस्तै कम्पनीले लिने कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.१८ गुणा रहेको छ । कम्पनीका सेयरधनीको इक्युटी र कर्जाको अनुपात सन् २०२१मा ९.०३ रहेको थियो भने सन् २०२२मा ३.६२ रहेको छ ।

सन् २०२१ बाट सञ्चालनमा आएको कम्पनीले कोल, तामा, ब्याट्री, कन्डक्टर ब्याट्री जिप्सम, रेसीन लगायतका अन्य निर्माण कार्यमा प्रयोग हुने विभिन्न सामाग्रीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले इटहरी र वीरगंजबाट सामाग्रीहरुको आयात तथा बिक्री गर्दै आएको छ ।

कम्पनीमा एरिहन्ट ग्रुपको लगानी रहेको छ । जसकारण कम्पनी अप्रेशनमा आएको केही वर्षमै कम्पनीले राम्रो वित्तीय छवि बनाउन सफल भएको छ । कम्पनीका प्रबन्ध निर्देशक गिरिष कुमार लुनिया रहेका छन् ।

कम्पनीले ८९ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।