नयाँ सब्सक्राइबर्सलाई आकर्षण गर्न नेटफीलिक्सले ३० देशमा घटायो मूल्य

0
Shares

नेटफीलिक्सले सब्सक्राइकर्सहरुको सङ्ख्या घट्दै गएपछि ३० देशहरुमा सब्सक्रिप्सन लागत घटाएको छ ।

कम्पनीले युरोप, एशिया, ल्याटिन अमेरिका, सब–साहारन अफ्रिका र मिडल इस्टका केही देशहरुमा सब्सक्रिप्सन मुल्य घटाएको हो ।

हाल नेटफिलिक्स १९० देशका जनताहरुले प्रयोग गरिरहेका छन् । स्ट्रीमीङ क्षेत्रमा एकछत्र राज गरेको नेट्फिलिकसले अमेजन, डिज्नी र एचबीओले पनि स्ट्रीमिङ सेवा उपलब्ध गराएपछि प्रतिस्पर्धा बढेको हो ।

मूलतः कम्पनीले मलेशिया, इन्डोनेशिया, थाइल्यान्ड, फिलिपिन्स, क्रोसीया, भेनेजुवेला, केन्या र इरानमा सब्सक्रिप्सन मूल्य घटाउने छ । यी देशहरुमा हाल लिइरहेको सब्सक्रिप्सन मूल्यको तुलनामा ५० प्रतिशतले घट्ने अनुमान भएता पनि कुन कुन देशहरुको मूल्यमा कमी आउने छ भन्ने विषयमा कुनै यकीन छैन ।

यस सम्बन्धमा नेटफिलिक्सका सहकार्यकारी प्रमुख ग्रेग पिटर्सले नेटफिलिक्सले विश्वभरका प्रयोगकर्ताहरुलाई उच्च स्तरीय सेवा प्रदान गर्ने र उक्त सेवाहरुको मूल्यमा देश अनुसार केही भिन्नता आउने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।