गुगलले १२ हजार कर्मचारी कटौती पछि रोबोटहरु पनि हटाउँदै

0
Shares

हालै १२ हजार बढी कर्मचारी कटौती गरेको गुगलले क्याफेटेरिया सरसफाइको काम गर्ने १०० रोबोटहरु पनि हटाउने भएको छ ।

अमेरिकाको क्यालिफोर्नियाको क्याफेटेरियामा सरसफाइको काम गर्ने ‘एभ्रीडे रोबोट’हरुलाई कम्पनीले हटाउने निर्णय गरेको हो ।

ती रोबोटहरुले टेबलहरु सफा गर्ने, कुहिने फोहोर तथा नकुहिने फोहोरहरुलाई छुट्टाउने र कुहिने फोहोरलाई रिसाइकल गर्ने काम गर्दै आएका थिए । कोभिड महामारीको समयमा ती रोबोटहरुले कन्फेरेन्स रुमहरु सरसफाइ गर्ने काम समेत गरेका थिए ।

गुगलले एभ्रीडे रोबोटको विभागमा काम गर्ने मानिसहरुलाई हटाएपछि रोबोटहरु पनि बन्द गरिने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।