ग्लोबल आइएमई र आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन आज (फागुन १५ गते सोमबार) सम्म सेयर खरिद गर्नुपर्नेछ ।

दुबै लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ फागुन १६ गते मंगलबार बुकक्लोज गर्दैछन् । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउने भएकाले लाभांश पाउने आजसम्म सेयरधनी भैसकेको हुनुपर्छ ।

ग्लोबल आइएमई लघुवित्तले चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आदर्श लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांंश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले फागुन २४ गते बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइड, पोखरामा बिहान ९ बजे दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । यस्तै आदर्श लघुवित्तले गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा फागुन ३० गते बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।