नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कहिलसम्म सेयर किनेकाले पाउँछन् ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार चार कम्पनीको ६५ करोड २० लाख ६८ हजार मूल्य ६५ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सोल्टी होटल लिमिटेड, मेरो माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको हो ।

सोल्टी होटलको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर, मेरो माइक्रोफाइनान्सको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता, नेपाल इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ११ लाख ५७ हजार ६९६ कित्ता र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने १७ लाख ४९ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको चारवटै कम्पनीको उक्त बोनस सेयर सम्बन्धित कम्पनीके साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कामय सेयरधनीहरुले मात्र पाउनेछन् । हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले सो बोनस दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

बुकक्लोज अनुसार सोल्टी होटलको बोनस पुस ६ गते बुधबारसम्म, मेरो माइक्रोफाइनान्सको पुस २१ गते बिहीबारसम्म, नेपाल इन्स्योरेन्सको पुस ७ गते बिहीबार र प्रिमियर इन्स्योरेन्सको पुस २१ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।