सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

0
Shares

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । एक आपसमा मर्जर सकाएर एकीकृत कारोबार थाल्न लागेका दुबै कम्पनीको कारोबार फागुन १५ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का भएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २०७९ को दफा ९ (२) को प्रयोजनको लागि निर्देशिकाको दफा ९ (३) बमोजिम सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

फागुन १७ गतेदेखि मर्जर प्रक्रिया सम्पन्न भई दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्दैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।