आत्मनिर्भर लघुवित्तको आईपीओमा १०५ गुणा आवेदन

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सर्वसाधारणबाट मागको तुलनामा १०५.१५ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन खुला गरेको थियो । अन्तिम दिन (फागुन १६ गते मंगलबार) सम्ममा १ करोड ७८ लाख ४९ हजार ३३० कित्ताका लागि १ अर्ब ७८ करोड ४९ लाख ३३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको सेयर खरिदका लागि १६ लाख १३ हजार ५६२ वटा आवेदन परेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा १६ हजार ९७५ जनाले मात्र सेय हात पार्नेछन् । यो कुल आवेदन संख्याको १.०५ प्रतिशत मात्र हो ।

फागुन ११ गते १५ गतेसम्म बिक्री खुल्ला भएको आईपीओमा आईपीओमा खरिद गरेका एक सयमध्ये ९९ जना (अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा १५ लाख ९६ हजार ५८७ जना) को हात खाली हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।